logo
  • १४ श्रावण २०८३, बिहीबार | Thu, 30 Jul 2026
  • बीपी प्रतिष्ठानका उच्च तहका कर्मचारीको सम्पत्ति छानबिन गरिने

    बीपी प्रतिष्ठानका उच्च तहका कर्मचारीको सम्पत्ति छानबिन गरिने

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गरिने भएको छ । यसका लागि छानबिन समिति गठन गरिने भएको हो ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र गृहमन्त्री सुदन गुरुङले प्रतिष्ठानको संयुक्त अनुगमनपछि सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन्।

    सरकारले प्रतिष्ठानमा सुशासन र संस्थागत सुधारलाई प्रभावकारी बनाउन सम्पत्ति छानबिन समिति र रिफर्म कमिटी गठन गर्ने निर्णय गरेको जनाएको छ।

    अनुगमनपछि मन्त्रीद्वयले १३ वर्षदेखि खरिद हुन नसकेको एमआरआई मेसिनका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भई खरिद प्रक्रिया अघि बढिसकेको जानकारी दिए। विवादित मातृ तथा शिशु स्वास्थ्य (एमसीएच) भवन सञ्चालनमा आइसकेको पनि उनीहरूले बताए।

    यस्तै, आधुनिक स्किल ल्याब, व्यवस्थित पुस्तकालय विकास तथा अस्पताल परिसरभित्र रहेको निर्भाना कन्ट्री क्लबलाई प्रतिष्ठानकै स्वामित्वमा फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।

    सरकारले बीपी प्रतिष्ठानमा सुशासन, पारदर्शिता र गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर सुधारका कार्यक्रम अघि बढाइने जनाएको छ।



    Arogya Times Arogya Times    
  • २२ असार २०८३ सोमबार
  • Related News