logo
  • १३ श्रावण २०८३, बुधबार | Wed, 29 Jul 2026
  • तीन लाख राशीको मथुराप्रसाद श्रेष्ठ स्वास्थ्य पत्रकारिता फेलोसिप पत्रकार खड्कालाई

    तीन लाख राशीको मथुराप्रसाद श्रेष्ठ स्वास्थ्य पत्रकारिता फेलोसिप पत्रकार खड्कालाई

    मथुराप्रसाद श्रेष्ठ स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति (फेलोसिप) पुरस्कार स्वास्थ्य पत्रकाकर उपेन्द्र खड्काले प्राप्त गरेका छन् । उकेरा डटकमका संवाददाता खड्का तीन लाख रुपैयाँको छ महिने फेलोसिपका लागि छनोट भएका हुन् ।

    नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसन र एरिटे हेल्थ सायन्सेसको आर्थिक सहयोगमा उनलाई यो अध्ययनवृति पुरस्कारका लागि छनोट गरिएको हो।

    नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसन र एरिटे हेल्थसायन्सेसको संयुक्त पहलमा सुरु भएको ६ महिने “स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति” का लागि आवेदन आह्वान भएको थियो।

    यो फेलोसिपका लागि स्वास्थ्य क्षेत्रमा कलम चलाउने २१ जनाले आवेदन दिएका थिए। जसमध्ये उत्कृष्ट स्वास्थ्य पत्रकारिताप्रति देखिएको समर्पण र तथ्यमा आधारित खोजमूलक पत्रकारिताको प्रतिबद्धता तथा जनसस्वास्थ्यका महत्वपूर्ण विषयलाई उजागर गर्ने सम्भावनाको मूल्याङ्कनका आधाारमा खड्कालाई यो फेलोसिप लागि छनोट गरिएको आयोजक संस्थाले जनाएका छन्।

    यी दुई संस्थाले स्वास्थ्य पत्रकारका लागि सुरु गरेको यो पहिलो फेलोसिपप पुरस्कार समेत हो।

    को हुन् मथुराप्रसाद श्रेष्ठ ?
    प्राडा मथुराप्रसाद श्रेष्ठ नेपालका अग्रणी जनस्वास्थ्यविद्, सामुदायिक चिकित्साका प्रवर्तक, मानवअधिकारकर्मी तथा पूर्व स्वास्थ्यमन्त्रीसमेत हुन् । उनले नेपालमा जनस्वास्थ्य शिक्षा, अनुसन्धान र सामुदायिक स्वास्थ्य सेवाको विकासमा पुर्‍याएको योगदानका कारण उनलाई ‘नेपालमा जनस्वास्थ्यका पिता’ का रूपमा सम्मान गरिन्छ। उनको योगदानलाई स्मरण गर्दै तथ्यमा आधारित र खोजमूलक स्वास्थ्य पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले अध्ययनवृत्ति स्थापना गरिएको हो। विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनको निधन २०७९ फागुन ८ मा ८८ वर्षको उमेरमा भएको थियो ।

    कस्ता संस्था हुन् नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसन र एरिटे हेल्थसायन्सेस ?
    नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसन नेपालमा सघन उपचार (क्रिटिकल केयर) सेवाको गुणस्तर सुधार, स्वास्थ्य अनुसन्धानको प्रवर्द्धन तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि कार्यरत गैरनाफामूलक संस्था हो। फाउन्डेसनले अनुसन्धान, तालिम, वैज्ञानिक सम्मेलन तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै प्रमाणमा आधारित स्वास्थ्य सेवा प्रणालीको विकासमा योगदान दिँदै आएको छ।

    एरिटे हेल्थसायन्सेस स्वास्थ्य अनुसन्धान, चिकित्सा शिक्षा, नवप्रवर्तन तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा केन्द्रित संस्था हो। संस्थाले अध्ययन, तालिम, अनुसन्धान तथा विभिन्न शैक्षिक कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रमा ज्ञान र सीप विकासमा सहयोग पुर्‍याउँदै आएको छ। साथै, स्वास्थ्य पत्रकारिता अध्ययनवृत्तिजस्ता पहलमार्फत तथ्यमा आधारित स्वास्थ्य सञ्चार र अनुसन्धानमूलक पत्रकारितालाई पनि प्रोत्साहन गर्दै आएको छ।



    Arogya Times Arogya Times    
  • २१ असार २०८३ आईतवार
  • Related News