गोरखापत्र दैनिकमा कार्यरत स्वास्थ्य पत्रकार सरोज ढुङ्गेलसहित सात पत्रकारले ‘रोटरी जर्नो अवार्ड’ पाएका छन् । शुक्रबार राजधानीमा समारोह आयोजना गरी रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ ले अवार्ड प्रदान गरेको हो ।
विभिन्न सात विधामा क्रियाशील पत्रकारलाई अवार्ड प्रदान गरिएको हो ।
रोटरी क्लबका अनुसार ५० जनाले अवार्डका लागि नोमिनेशन गरेका थिए । त्यसबाट २१, ११ हुँदै सात जना छनोट परेका हुन् ।
विजेतालाई अवार्डसहित नगद रु. ५१,००० प्रदान गरिएको हो । सन् २०११ देखि यो अवार्ड क्लबले प्रदान गर्दै आइरहेको छ ।
यसैगरी एक जनालाई विशिष्ट योगदान गरेबापत ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । यसपटक आदित्यमान श्रेष्ठलाई यो अवार्डले सम्मान गरिएको छ । हालसम्म तीन जना विशिष्ठ योगदान गरेका अग्रज पत्रकारलाई यो अवार्ड प्रदान गरिइसकिएको छ ।
