चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सञ्चालनमा आएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन तथा नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रमअनुसार सेवा सुरु गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत बिरामीलाई सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराई उपचार खर्च घटाउने लक्ष्य राखिएको छ।